७ वैशाख २०८१ शुक्रबार
राजनीति

९ बुँदे सहमतिबाट पछि हट्याे सरकार, हस्ताक्षर गर्न मानेन् (अपडेट)

काठमाडौं– २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग ९ बुँदे सहमति गरेकाे सरकार एकाएक सहमतिबाट पछि हटेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा माथेमा आयोगको प्रतिवेदनमा जे उल्लेख छ, अधिकांश व्यवस्था त्यही अनुसार गर्नेगरी सरकारी टाेलीले डा केसीका प्रतिनिधिसँग सहमति गरेकाे थियाे।

तर सहमतिलार्इ अन्तिम रूप दिनेबेला उपत्यकामा मेडिकल कलेज खाेल्ने सन्दर्भमा माथेमा अायाेगकाे प्रतिवेदनकाे व्यवस्था राख्न सरकारी टाेलीले नमानेकाे हाे। सरकारी टाेलीले याे व्यवस्था राख्न नमान्दा सहमतिपत्रमा हस्ताक्षरमा ढिलार्इ भएकाे छ। याे विषयमा सहमति जुटाउन अहिले बालुवाटारमा बैठक बसिरहेकाे छ। 

.....

सहमति भएपछि सरकारी टोलीसहित वार्ता टोली आएर हस्ताक्षर गर्ने कार्यक्रम छ।

सहमतिपत्रमा हस्ताक्षरका लागि सरकारी टोलीसहित वार्ता टोली शिक्षण अस्पताल आउँनेछ। शिक्षण अस्पतालमा डा. केसीले सहमतिपत्रमा हस्ताक्षर गरेर अनशन तोड्नेछन्।

यसअघि सिंहदरबारमा सरकारी टोली र डा केसीका प्रतिनिधिबीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिको मस्यौदामा नयाँ मेडिकल कलेजको सम्बन्धनबारे कुनै विषय उल्लेख नगरेको भन्दै डा केसीले असन्तुष्टि जनाएका थिए। नयाँ मेडिकल कलेजको सम्बन्धलाई ऐनमा कसरी उल्लेख भन्ने कुरा प्रष्ट रुपमा नआएको भन्दै उनले सच्याएर आउन आग्रह गरेका थिए। उनको आग्रह पछि सरकारसँग ९ बुँदे सहमति भएको हो। 

प्रकाशित: १० श्रावण २०७५ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App