coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपप्रधान तथा अर्थमन्त्री महरा चीन भ्रमणमा

काठमाडौं–उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा एक महिनामै दोस्रोपटक चीन भ्रमण गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा उपप्रधानमन्त्री महरा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लागेका हुन् ।

‘ल्हासामा हुने तेस्रो अन्तर्राष्ट्रिय सांस्कृतिक तथा पर्यटन एक्सचेन्ज एक्पोमा सहभागी हुन जानुभएको हो,’ महराका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले भने, ‘विशेष दूत बनेर जानुभन्दा अघि कार्यक्रम निर्धारण भएको हो ।’

एक साता चल्ने प्रदर्शनीमा सहभागी भएर आइतबार अपराह्न स्वदेश फर्किने पौडेलले बताए । तिब्बतमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट हुन सम्भावना रहेको उनले जानकारी दिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणबारे अन्योल उत्पन्न भक्ष्रहेको सन्दर्भमा महराको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । यसअघि प्रधानमन्त्री दाहालको विशेष दूत बनेर चीन गएका महराले चिनियाँ नेतालाई भेटेका थिए ।

यसैबीच दाहालको भारत भ्रमण तयारीका लागि आइतबार परराष्ट्रमन्त्री प्रकाशशरण महत दिल्ली जाँदै छन् ।

प्रकाशित: २६ भाद्र २०७३ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App