७ वैशाख २०८१ शुक्रबार
समाज

छानविन गर्न उच्चस्तरिय समिती गठन

फाइल फाेटाे

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. गोविन्द केसीलाई सरकारले प्रयोग गरेर काठमाडौं लैजादा सरकारी पक्षबाटै भएको ज्यादतीको छानविन गर्न  उच्च स्तरिय छानविन समिति बनेको छ।  राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डा. गिताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरिएको हो।

छानबिन समितिको सदस्यहरुमा डा. सिनेन्द्रराज उप्रेति, प्राध्यापक डा. कृष्णकुमार राई, डा.बाबुराम मरासिनी, डा.देवमान लिम्बु, पत्रकार गोरखवहादुर  थापा र सदस्य सचिवमा राजु कटुवाल छन्।  प्रतिष्ठानको केन्द्रि कार्यालय जुम्लामा बसेको कार्यकारी परिषदको बैठकले उच्च स्तरिय छानविन समिति गठन गरेको हो।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेको अध्यक्षतामा  बसेको बैठकले  अस्पतालमा भएको घटनाको सत्य तथ्य छानविनका लागि छानविन समिती गठन गरेको बताइएको छ। अस्पताल घटनालाई विभिन्न कोणबाट परिभाषित गर्न खोजिएकाले छानविन समिति गठन गरिएको उपकुलपति वाग्लेले बताए। डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा २० दिनसम्म अनशनमा वसेका थिए।

प्रकाशित: १० श्रावण २०७५ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App