८ वैशाख २०८१ शनिबार
खेल

घाइते अवस्थामा फाइनल खेलेको जानकारी

पेरिस – घाइते हुनाका बावजुद आफूले विश्वकपको सेमिफाइनल र फाइनल खेलेको फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले खुलासा गरेका छन्। 

स्ट्राइकर एम्बाप्पेले बेल्जियमविरुद्धको सेमिफाइनलभन्दा तीन दिनअघि तीनवटा करङमा समस्या आए पनि आफूले विश्वकपका खेललाई निरन्तरता दिएको फ्रान्सको एक सञ्चारमाध्यमलाई बताए । फाइनलमा उनको टोलीले क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो। 

‘प्रतिद्वन्द्वीलाई जानकारी दिनु उचित थिएन । उनीहरूले थाहा पाएको भए चोटग्रस्ट ठाउँलाई केन्द्रित गरेर फाइदा उठाउने थिए,’ फाइनलमा एकसहित प्रतियोगिता अवधिभर चार गोल गरेका एम्बाप्पेले भने, ‘त्यसैले चोटको विषय टिम सदस्य र खेलाडीको बीचमै राख्यौं । बाहिर ल्याएनौं । फाइलनमा पनि गुपचुप नै राख्यौं।’

१९ वर्षे एमबाप्पे प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । उनी विश्वकप इतिहासमा ब्राजिलका पेलेपछि एकै खेलमा दुई गोल गर्ने पहिलो किशोर खेलाडी बनेका थिए । साथै एमबाप्पे फाइनल खेलमा गोल गर्ने पहिलो किशोर बनेका छन्।

फेन्च लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्ने एमबाप्पेले अन्तर्वार्तामा गोल्डेन बलका लागि आफू नेइमार, क्रिस्टियानो रोनाल्डो, लुका मोडरिच र राफायल भरानजत्तिकै हकदार भएको बताए।  

 

प्रकाशित: १० श्रावण २०७५ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App