७ वैशाख २०८१ शुक्रबार
खेल

स्टुरिजप्रति क्लोपको विश्वास

लन्डन – लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले पूर्ण रूपमा फिट नभए पनि प्रि–सिजनमा गरेको प्रदर्शनका आधारमा स्ट्राइकर ड्यानियल स्टुरिजमा यस सिजन क्लबको ‘महत्वपूर्ण खेलाडी’ हुने सम्भावना रहेको बुधबार बताएका छन्।

२८ वर्षे स्टुरिज जनवरी सरुवा बजारमा वेस्ट ब्रोम लोनमा गएका थिए । तर क्लबमा आबद्ध भएको केही समयपछि नै उनी चोटका कारण सिजनभर बेन्चमा बस्न बाध्य भए । उनले गत सिजन वेस्ट ब्रोमबाट ६ खेल मात्र खेलेका थिए । उनी यसै सिजन लिभरपुल फर्किएका हुन्। 

लिभरपुलमा स्टुरिजको सम्झौता सकिन एक वर्ष मात्र बाँकी रहँदा उनको एनफिल्ड बसाइ सकिएको अनुमान गरिएको थियो । तर पछिल्ला ५ मैत्रीपूर्ण खेलमा गरेको प्रभावशाली प्रदर्शनबाट स्टुरिजले आफूलाई प्रमाणित गरेका थिए । गत सिजन चोटका कारण निराश बनेका क्लोप यस सिजन स्टुरिजलाई धेरैभन्दा धेरै अवसर दिन चाहन्छन्।

‘स्टुरिज क्षमतावान् खेलाडी हुन् र उनको क्षमतामा हामीलाई कहिले दुबिधा भएन,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘इमानदारीसाथ भन्नुपर्दा उनी अहिले खेलजीवनकै उत्कृष्ट लयमा छन् । उनका लागि यो महत्वपूर्ण समय हो । म उनीसँग निरन्तर संवादमा छु।’

‘स्टुरिज शारीरिक रूपमा टोलीको बलियो खेलाडी बनेको हेर्न चाहन्नँ र बनाउन पनि चाहन्नँ,’ प्रशिक्षक क्लोपले थपे, ‘टोलीमा शारीरिक रूपमा सबैभन्दा अब्बल खेलाडीले पनि स्टुरिजको जस्तो प्रदर्शन गर्न सक्दैनन्।

उनी टोलीका तीव्र गतिका खेलाडी बन्न नसक्लान् तर उनी टोलीका लागि महत्वपूर्ण खेलाडी साबित हुनेमा कुनै दुबिधा छैन।’ सिजनपूर्वको अभ्यास खेलका लागि लिभरपुल इन्टरनेसनल च्याम्पियन्स कप खेल्न अमेरिका भ्रमणमा निस्केको छ।

 

प्रकाशित: १० श्रावण २०७५ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App