coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारत र पाकिस्तान एकै समूहमा

नयाँ दिल्ली – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलबार सेम्टेम्बर १५ बाट संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपको खेलतालिका सार्वजनिक गरेको छ। 

६ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश छन्। त्यस्तैे ६ टोली सहभागी एसिया कप छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने अर्काे एक टोली प्रतियोगिताबाट छानिनेछ। 

सेम्टेम्बर २९ देखि अगस्ट ६ सम्म भारतमा हुने छनोट चरणमा नेपाल, मलेसिया, हङकङ, ओमान, युएई र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोबिन लिगमा हुने छनोट चरणबाट आएको एक टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानको सामना गर्नेछ भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन्।

यसअघि प्रतियोगिता भारतमा हुने भनिए पनि नयाँ दिल्ली र इस्लामाबादबीचको चिसो सम्बन्धका कारण आइसिसीले प्रतियोगिता युएईमा सारेको थियो । भारत र पाकिस्तान विदेशी भूमिमा विभिन्न प्रतियोगितामा आमने–सामने भए पनि दुई राष्ट्रले एक–अर्काको भूमिमा दुईपक्षीय शृंखला नखेलेको धेरै वर्ष भइसकेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । २०१६ को प्रतियोगिता ट्वान्टी–२० संरचनामा खेलाइए पनि यस पटकको प्रतियोगिता पुनः ५० ओभरको संरचनामा खेलाइने आइसिसीले जनाएको छ । भारत प्रतियोगिताको साबिक विजेता हो।

प्रकाशित: १० श्रावण २०७५ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App