रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी

बिहिबार, १० साउन २०७५, १० : २३ हिमनाथ देवकोटा

रसुवा – रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका–४ का श्याम तामाङ, मंगल तामाङ, बिक्रम नेवार र सुस खड्का रहेका छन्।

मृत्यु भएका चारै जना कन्टेनर चालक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक दिलिप क्षेत्रीले बताए। बेपत्ता भएका अन्य पाँच जनाको भने खोजी कार्य जारी रहेको उनले बताए। कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ बेपत्ता छन्। बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको थर खुलेको छैन्।

उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको प्रहरीले जनाएको छ। पहिरोमा कन्टेनर चालक, होटल सञ्चालक र सुमो चालक हराएका उनले जानकारी दिए। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ।

रातिको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएको छ। पाँच जनाको घाइतेको रसुवागढी जलविद्युत आयोजनाको क्याम्पमा उपचार भइरहेको छ भने सात जना सामान्य उपचारपछि घर फर्किएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad