७ वैशाख २०८१ शुक्रबार
अर्थ

दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौं – नेपाल वायु सेवा निगमकाे दोस्रो  वाइड बडी जहाज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ। जहाज आज बिहान साढे नौं बजे  विमानस्थलमा अवतरण भएकाे  हाे।

निमग स्राेतका अनुसार यो जहाज फ्रान्सबाट सिधा नौं घन्टा उडान गरी काठमाडौं आएको हो। निगमको यो जहाजलाई नेपाल नागरिक उड्यान प्राधिकरणले '९ एन–एएलजेड' कलसाइन दिइएको छ। निगमले यो जहाजको नाम संसारको पाचौं अग्लो हिमाल मकालुबाट राखेको छ । जहाज १२ अर्ब रुपैयाँमा खरिद गरिएकाे हाे।

निगमले यसअघि गत असार १४ गते पहिलो वाइड बडी जहाज नेपाल भित्र्याइसकेकाे छ। याे जहाजमा २७४ सिट क्षमता रहेकाे छ।

दोस्रो जहाज अवतरण गर्दा विमानस्थलमा निगम, पर्यटन मन्त्रालय ,प्राधिकरण, विमानस्थल व्यवस्थापन लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। विदेशी पाइलटले उडान भरेर ल्याएको जहाजलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो।

प्रकाशित: १० श्रावण २०७५ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App