coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ मर्चेन्ट बैंकर दर्ता रोक

काठमाडौं – नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकर खोल्न बन्द गरेको छ । संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना भएकाले निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्नेेे कार्य बोर्डले रोकेको हो।

‘बोर्डको प्रक्रियामा प्रवेश गरिसकेका आवेदनलाई कानुनी प्रक्रियाअनुसार कार्य अगाडि बढाइ निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्नेेे कार्य विस्तृत रुपमा अध्ययन गरी अर्को व्यवस्था नभएसम्मका लागि  आवेदन दर्ता कार्य स्थगन गरिएको छ,’ बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा छ ।धितोपत्र बजारको विकाससँगै धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को संख्या बढ्दै गएको छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ लागू भएपछि हाल २५ मर्चेन्ट बैंकरलाई अनुमति दिइएको छ।

सम्पूर्ण मर्चेन्ट बैंकिङ व्यवसाय (निष्काशन तथा बिक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा) प्रदान गर्ने संस्था ६, संस्थागत परामर्श सेवावाहेक चारवटा व्यवसाय गर्ने संस्था १०, तीनवटा (निष्काशन तथा बिक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिस्ट्रेसन) मात्र व्यवसाय गर्ने संस्था एक, सेयर रजिस्ट्रेसन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था एक, लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था सात रहेका छन्।

त्यस्तै सात कम्पनीहरु अनुमतिपत्र प्राप्तिका लागि बोर्डको प्रक्रियामा रहेको, जसमध्ये सम्पूर्ण मर्चेन्ट बैंकिङ व्यवसाय गर्न पाँच, संस्थागत परामर्श सेवाबाहेक चारवटा मर्चेन्ट बैंकिङ व्यवसाय गर्न एक तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न एक कम्पनीले प्रस्ताव गरेका छन् । मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पुँजी बजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी सोही आधारमा बोर्डले २०७४ सालमा नियमावलीमा संशोधन गरी मर्चेन्ट बैंकरको चुक्ता पुँजीमा चार गुणासम्म वृद्धि तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्थासमेत गरेको थियो।

प्रोत्साहनमूलक कार्यक्रम अन्तर्गत केही उत्पादनशील कम्पनीहरु सार्वजनिक निष्काशन गर्ने क्रममा रहे पनि मुख्यतः नेपाल राष्ट्र बैंक तथा बिमा समितिले क्रमशः बैंक तथा वित्तीय (वैवि) संस्था र बिमा कम्पनीको अनुमति प्रदान गर्ने कार्य स्थगन गरेको परिप्रेक्ष्यमा नयाँ वित्तीय संस्था तथा बिमा कम्पनीहरुको सार्वजनिक निष्काशन कार्य सीमित भएको बोर्डको भनाइ छ ।

हाल बोर्डवाट अनुमतिपत्र प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिस्ट्रारको संख्या प्रतिस्पर्धात्मक रुपमा व्यवसाय सञ्चालनका लागि पर्याप्त रहेको तथा बजारको अवस्था र आवश्यकताभन्दा निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारको संख्या बढी हँुदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने अवस्थासमेत देखिन्छ । यसका अलवा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू भएपछि लाइन लाग्ने स्थिति नरहेको तथा आवेदन प्रशोधन कार्य अत्यन्त सहज हुन गई निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका न्यूनीकरण भएको एवं डिम्याट सेयरको मात्र कारोबार हुने व्यवस्थाबाट सेयर रजिस्ट्रारको कार्यसमेत केही कम हुन गएको छ।

विद्यमान बजारको अवस्था तथा आकार, मर्चेन्ट बैंकरहरु खास गरी निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, व्यवसायको क्षेत्र तथा यसमा रहेको उच्च प्रतिस्पर्धा समेतलाई दृष्टिगत गर्दा हाललाई थप निष्कसन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रार आवश्यकता छैन ।

प्रकाशित: १० श्रावण २०७५ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App