coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिदेशीय साझेदारीको रणनीतिबाट अगाडि बढ्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताएका छन्।

नेपाल इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्सले शनिबार आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि विश्व राजनीतिमा शक्तिशाली दुई मुलुकको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री दाहालले नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि दुई देशबीचको सम्बन्धलाई सन्तुलित गर्नुपर्नेमा जोड दिए।

ठूलो चुनौती र जोखिमका बीचबाट मुलुक जनयुद्ध, शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उनले भने, “नेताले नेतृत्व गर्ने हो, लकिरको फकिर हुने होइन, नेतृत्वले नेतृत्व गर्ने क्रममा जोखिम लिन्छ, त्यो छुट दिनुपर्छ । यदि जोखिम लिने छुट दिनुहुन्न भने नेता बनाउन सकिँदैन । पछिल्लो समय तराई र पहाडलाई एकताबद्ध गर्न नेताले नेतृत्व लिँदैछ, त्यसमा तपाइँहरुको सहयोग चाहिएको छ।”

 

प्रकाशित: २५ भाद्र २०७३ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App