८ वैशाख २०८१ शनिबार
खेल

उपराष्ट्रपति कप : एपिएफ र रौतहट विजयी

काठमाडौं र सशस्त्र प्रहरी बल महिला टिमबीच बुधबार भएको खेलमा बल नियन्त्रण गर्दै काठमाडौंकी खेलाडी । तस्विर : रासस

काठमाडौ - उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको पहिलो खेलमा एपिएफले काठमाडौँलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। एपिएफको जीतमा सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने अनिता केसीले ह्याट्रिक पूरा गरिन्। त्यस्तै अनिता बस्नेत र अनु लामाले १÷१ गोल गरे। काठमाडौँको भने यो लगातार दोस्रो हार हो। यसअघिकाे खेलमा काठमाडौँ रौतहटसँग ४–० ले पराजित भएको थियो । एपिएफकी अनिता केसी खेलको उमन अफ दी म्याच घोषित भइन्।

सोही मैदानमा बुधबारनै भएको दोस्रो खेलमा रौतहटले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पार्यो । पहिलो खेलमा रौतहटले काठमाडौँलाई हराएको थियो । रौतहटको जीतमा अस्मिता वैद्यले गरेको १ गोल नै खेलको निर्णायक सावित भयो। उनले खेलको १२ औँ मिनेटमा गोल गरेकी थिइन्। प्रतियोगितामा तीन विभागीय टोलीसहित पाँच टोलीको सहभागिता रहेकाे छ।

प्रकाशित: ९ श्रावण २०७५ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App