१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

ब्रिजटाउन, बारबाडोस - निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश भएका छन्। बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन्।

दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल टेम्परिङ गरेकाे आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो। टेस्टमा ब्याटिङतर्फ विश्व बरियताक्रममा पहिलाे स्थानमा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो प्रान्तका लागि पहिलो श्रेणीको क्रिकेट समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएपनि देश वाहिर हुने खेलमा भने प्रतिबन्ध लगाइएकाे छैन।हालैमात्र उनले क्यानडामा सम्पन्न टि२० क्रिकेट खेलेका थिए।

बारबाडोस ट्राइडेन्ट्सले स्मिथले खेल्ने पक्का भएको र हस्ताक्षर पनि भइसकेको घोषणा गरेको छ । ट्राइडेन्ट्सका प्रशिक्षक रोबिन सिंहले बंगलादेशी अलराउन्डर शकिब अल हसन खेल्न नपाउँदा दुःख लागेको भन्दै स्मिथलाई ल्याउन पाउँदा आफ्नो टिम सशक्त बनेको प्रतिक्रिया दिए।
ट्राइडेन्ट्सले अगस्ट १२ मा गुयनाको अमेजन वारियर्ससँग पहिलो खेल खेल्नेछ। रासस

प्रकाशित: ९ श्रावण २०७५ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App