८ वैशाख २०८१ शनिबार
समाज

उत्कृष्ट प्रहरी पुरस्कृत

काठमाडौं– महानगरी प्रहरी परिसर काठमाडौंले उत्कृष्ट जवानदेखि प्रहरी नायव उपरीक्षक (डीएसपी)सम्मलाई पुरस्कृत गरेको छ।  बंगलादेश बैकसंगको सम्झौतामा स्थापना गरिएको ‘काठमाडौं पुलिस अवार्ड’बाट असार महिनामा उत्कृष्ट काम गर्ने १२ जनालाई पुरस्कृत गरिएको हो।

यो अवार्ड हरेक महिना प्रहरी जवानदेखि नायव उपरीक्षकसम्ममा प्रतिस्पर्धाबाट उत्कृष्ठ ठहरिएकालाई प्रदान गरिन्छ। असार महिनामा उत्कृष्ट हुनेमा डीएसपीतर्फ दरबारमार्ग वृत्तका प्रमुख दान बहादुर मल्ल र कमलपोखरी वृत्तका प्रमुख कुलदिप चन्द रहेका छन्। दुबैले संयुक्त रुपमा ५० हजार प्राप्त गरे।

प्रहरी निरीक्षकतर्फ ईप्रका फर्पिङ्गका विष्णुप्रसाद सोती र नागढुंगा प्रभागका केशवदत्त भट्टले संयुक्त रुपमा ३५ हजार पाए। प्रहरी नायव निरीक्षकतर्फ कोटेश्वर प्रभागका श्याममणी पोखरेल र महाराजगञ्ज वृत्तका विजय भण्डारी पुरस्कृत भए।

प्रहरी सहायक निरीक्षकतर्फ कमलपोखरी वृत्तका पदम बहादुर थापा र काठमाडौं परिसरको महिला तथा बालबालिका सेवा केन्द्रकी निर्मला ओझाले संयुक्त रुपमा २५ हजार प्राप्त गरे।

प्रहरी हवल्दारतर्फ नागढुङ्गा प्रभागका बलबहादुर सैजवाल र काठमाडौं परिसरका पितमलाल तामाङले १५ हजार पाए।

महानगरी प्रहरी वृत्त जनसेवाका प्रहरी जवान सविन थापा र वालाजु वृत्तका तुलसीराम भट्टराई संयुक्त रुपमा १० हजारसहित पुरस्कृत भए।

छनौट समितिको सिफारिसमा असारमा उत्कृष्ट ठहरिएका बाह्रै जनालाई बुधबार एक कार्यक्रमका बीच काठमाडौंका प्रमुख प्रहरी एसएसपी विश्वराज पोखरेल र बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले सामूहिक रुपमा प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरे।

प्रकाशित: ९ श्रावण २०७५ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App