coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषध सहित एक पक्राउ

लागु औषध सहित पक्राउ परेका विश्वास गुरुङ ।

स्याङ्जा - जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय विश्वास गुरुङ रहेका छन्।

विशेष सूचनाका आधारमा वालिङबाट पोखरा जाँदै गरेको ग१ख ३१६५ नम्बरको माइक्रोबस चेकजाँच गर्दा गुरुङ लागुऔषध सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी जयराज सापकोटाले बताए।

पक्राउ परेका गुरुङको साथबाट डाईजेपाम ९३ थान, फेनारगन ९८ थान लगायत २ सय ८८ थान लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए। गुरुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको घर्तीमगरले बताए।

प्रकाशित: ९ श्रावण २०७५ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App