बृहत्तर नगर विकास योजना सञ्चालन हुने

बुधबार, ०९ साउन २०७५, १६ : २३ भगवती लामा

नुवाकोट – नुवाकोटको विदुर नगरपालिकालाई बृहत्तर नगर विकास योजनाको प्रतिवेदन हस्तान्तरण गरिएको छ। युएन ह्याबिट्याटको साझेदारीमा चीनको वुहान ल्याण्ड स्पासियल प्लानिङले तयार पारेको नगर विकास योजनाको प्रतिवेदन बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर सञ्जु पण्डितलाई हस्तान्तरण गरिएको हो।

नगर विकास योजनालाई अघि बढाउँने जनचाहानाको आधार, विकासको सम्भावना, योजनालाई पूरा गर्ने अनुमानित बजेट प्रतिवेदनमा उल्लेख गरिएको वुहान ल्याण्ड स्पासियल प्लानिङका डेपुटी निर्देशक वी हङले बताए।

बृहत्तर नगर विकास योजनाको पहिलो चरण सन् २०२२ सम्ममा २ अर्ब ७५ करोड रुपैयाँ खर्च गर्न सकिने मेयर पण्डितले बताएका छन्। पण्डितका अनुसार पहिलो चरणमा उद्योग क्षेत्रमा ११ करोड २७ लाख रुपैयाँ, सडकमा १ अर्ब २७ करोड, आवास बिस्तारलाई १ अर्ब २२ करोड रुपैयाँ, कृषिमा ५ करोड रुपैयाँ बजेट बजेट तर्जुमा गरिएको छ।

“नगरपालिका जिल्लाको सदरमुकाम क्षेत्रसँगै छिमेकी देश चीन र राजधानी काठमाडौँबाट नजिक भएकोले सम्भावना, अवसरको खोजीमा बस्तिहरू बाक्लिदै जादा जग्गाको मूल्य बढ्दै गएको छ। आयोजना सञ्चालन गर्न जग्गा खरिदमानै रकम बढि खर्च हुन्छ। प्रतिवेदनमा उल्लेखित बजेटले कार्यसम्पादन गर्न चुनौती रहेको छ,” मेयर पण्डितले भने, चीनको शहरहरू जस्तै नगरपालिकालाई बनाउने सपना देखेका छौँ। यसको अभ्यास नेपालमा छैन। र पनि सबैको सहकार्यमा यो सम्भव छ भन्नेमा ढुक्क छु।”

नगर विकास योजनाको दोस्रो चरण सन् २०२३ देखि सन् २०३० सम्म  र तेस्रो चरण सन् २०३१ देखि सन् २०३५ सम्मलाई तोकिएको छ। यस योजनाको कुल लागत २५ अर्ब ५० करोड रुपैयाँ रहेको जनाइएको छ। यस योजनालाई पूरा गर्न संघिय सांसद नारायणप्रसाद खतिवडा, प्रदेश सांसदहरू केशव पाण्डे र हिरानाथ खतिवडाले कुनै कसुर बाँकी नराख्ने बताएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad