८ वैशाख २०८१ शनिबार
समाज

बैतडी–दार्चुला राजमार्ग अवरुद्ध

बैतडी – बैतडी–दार्चुला राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ३ बजे डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सडक अवरुद्ध भएपछि यात्रु र दार्चुला सडकखण्डमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्। मंगलबार रातीदेखि परेको वर्षाले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका हुन्।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकामबाट तराईका लागि हिँडेका र बैतडीलगायत तराईबाट दार्चुला हिँडेका सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।

२०६८ सालदेखि जान थालेको बाँगाबगर पहिरोले वर्सेनि सडक अवरुद्ध गर्ने गरेको छ। पहिरोकै कारण करिब ३० घरपरिवार विस्थापित हुनुका साथै सयौं रोपनी खेतीयोग्य जमिन पुरिएको छ। माथिबाट खस्ने पहिरो सडकमा जम्मा भएपछि सडकखण्ड अवरुद्ध हुने गरेको हो।

पहिरो रघर रोकथामको लागि सरकारी एवम् गैरसरकारी निकायबाट पहल भए पनि बर्खायाममा भने सधै समस्या आउने गरेको छ। गत वर्ष तीन घरपरिवार विश्थापित हुनुका साथै उनीहरुको घर पुरिँदा अन्न, लुगाँकपडा र पशुचौपाया पुरिएका थिए।

प्रकाशित: ९ श्रावण २०७५ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App