coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशको एक कारखानामा आगलागी, १५ जनाको मृत्यु

ढाका–बंगलादेशको एक प्याकेजिङ कारखानमा आगलागी हुदाँ १५ जनाको ज्यान गएको र ७० जना भन्दा बढी घाइते भएका छन्। राजधानी ढाकाको उत्तरी सहर तोङगमा रहेको उक्त चार तत्ले कारखानामा पानी तताउने मेसिन पड्कादाँ आगलागी भएको र आगलागी अहिले सम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ। प्रहरीले आगलागीको समयमा उक्त कम्पनीमा १ सय जना कामदार रहेको जनाएको छ।

संचार माध्यमसँग कुरा गर्दै एक चिकित्सकले भने ‘आगलागीबाट मर्नेको संख्या १५ पुगेको छ भने ७० जना घाइते भएका छन् । उनले घाइतेहरु मध्य अधिकांशको अवस्था चिन्ताजनक रहेको र उनीहरुलाई ढाकाको अस्पताल लगिएने बताए ।

बंगलादेशलाई कारखानका कामदारको सुरक्षमा ध्यान नदिने आरोप लाग्दै आएको छ। सन् २०१३ मा  एक र्गामेन्ट कारखाना भएको भएको आगलागीमा परि १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका थिए।

 

 

प्रकाशित: २५ भाद्र २०७३ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App