coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नवौं पटक अनशन बस्ने डा. केसीको घोषणा

काठमाडौं-    डा.गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै नवौं अनशन बस्ने घोषणा गरेका छन्। डा. केसीले असोज २ गते सम्म आफ्ना माग पुरा नभए त्यही दिनदेखि आमरण अनशनमा बस्ने घोषणा गरेका हुन्।  

सरकारसँग गत साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनु पर्ने उनको माग छ। केसीले प्रधानमन्त्री पुष्पकमल दहाललेनै वी एण्ड सी मेडिकल कलेज झापा र नेसनल मेडिकल कलेज काठमाडौंलाई सम्वन्धन दिन दवाद दिएको उनले आरोप लगाए।  प्रधानमन्त्री हुनु अगाडी दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आस्वासनको आधारमा अनशन स्थगित गरेको बताए। अहिले दुवै जना सो विरुद्ध लागेको आरोप उनको छ। यो बिचमा डा.  केसिले दुइ साता अघि प्रधानमन्त्री दाहाललाई भेटेर माग पुरा गर्न भनेका थिए।  

आठौं पटकको अनशनको १६ औं दिन सरकार र केसीबीच चिकित्सा शिक्षा विधेयक अघि बढाउने, मनमोहन मेमोरियल अस्पताल वीर अस्तालका लागि किन्ने, तत्काल आइओएमको डिन नियुक्त गर्ने, अख्तियार प्रमुख लोकमान कार्की विरुद्धको माहाअभियोगको प्रस्ताव संसदमा लैजाने सम्झौता भएको थियो।

 

प्रकाशित: २५ भाद्र २०७३ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App