७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसी र सरकारी टोलीको वार्ता निष्कर्षविहिन, मुल बुँदामा भोलि छलफल हुने

काठमाडौं– चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि २५ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्षधर र सरकारी टोलीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ। 

मंगलबार साँझ शिक्षा मन्त्रालयमा बसेको बैठक राति ९ बजे सकिएको छ। बैठकमा समग्र विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्केन। दुबै पक्षले आ–आफ्ना कुराहरु राखेको सरकारी टोलीका एक सदस्यले जानकारी दिए। डा. केसीले उठाएका मुल बुँदामा छलफल गर्न भोलि पुन वार्ता हुनेछ।

बैठकपछि दुबै पक्षले संयुक्त विज्ञप्ति जारी गरेका छन्। बैठकमा सकारात्मक वार्ता भएको र अन्य बुँदामा सहमति नजिक पुगेको सरकारी वार्ता टोली संयोजक खगराज बराल र केसीका तर्फबाट वार्ता टोली संयोजक डा अभिषेकराज सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिअनुसार मुल बुँदाहरुमा फेरि छलफलका लागि भोलि फेरि वार्तामा बस्ने सहमति भएको छ।  

मुल बुँदामा राजनीतिक सहमतिका लागि सरकारी पक्षले प्रधानमन्त्रीसँग छलफल गर्नेछ भने अर्काे पक्षले डा केसीसँग छलफल गर्नेछ। छलफलपछि दुबै टोली आ–आफ्नो धारणासहित वार्तामा बस्नेछन्।

प्रकाशित: ८ श्रावण २०७५ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App