coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जमिन भासिदा दुई घर भत्किए

भत्किएका घर। तस्बिर : विक्रम बुद्धाचार्यको फेसबुकबाट

पोखरा- पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ। मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो। घरहरु पूर्णरुपमा क्षति भएको छ।

स्थानीय बासिन्दाका अनुसार पानीले जमिन भासिएपछि हाम्रो संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो तर्फ जमिन भासिएको हो। जमिन भासिदाँ माटोको जोडाई भएको पुरानो दुईवटा घर पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त भएका हुन् । त्यो घर राजेन्द्र नाउँको र अर्को सन्तकुमार साईको ढुंगा र माटोले बनेको टिनले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काकीका प्रवक्ता रविन्द्रमान गुरुङले घर भत्किएपनि मानवीय क्षति भने नभएको सुन्नमा आएको बताए। उनले करुणा बचत तथा ऋण सहकारी संस्थाले भाडामा लिएको तर हाल नबसेको खबर प्राप्त भएको बताए।

 

 

 

प्रकाशित: ८ श्रावण २०७५ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App