७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

तेहरान–पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अ‍मेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता मुलुकहरूमाथि दबाब बढाउन थालेपछि इरानको यस्तो प्रतिकृया आएको हो। ‘यदि अमेरिकाले यस विषयमा अवरोधको कदमचाल्छ भने यसको बराबरको परिणाम उसले भोग्नुपर्ने छ,’ इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता बाह्म क्वासिमीले त्यहाँको सरकारी समाचार संस्था आईआरएनएलाई भनेका छन्।

इरानको तेल निर्यात रोकिए सम्पूर्ण खाडी राष्ट्रबाटै तेल निर्यात रोक्ने राष्ट्रपति हसन रुहानीको प्रस्तावलाई आइतबार त्यहाँका सर्वोच्च नेता आयातुल्ला अलि खामेनीले समर्थन जनाइसकेका छन्।

विग्रदों अवस्थामा रहँदै आएको वासिङटन–तेहरान सम्बन्ध पछिल्ला दिनमा अझै खराब बन्दै गएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिकामाथि कुनै धम्की दिए इरानलाई विश्वका कमै मुलुकले भोगेजस्तो कडा चुनौति सामना गर्नुपर्ने चेतावनी दिएका थिए। यस्तो अभिब्यक्तिपछि ट्रम्पलाई समस्याको जड भन्दै अमेरिकाको कुटनैतिक सम्बन्ध असन्तुलित र आक्रमणकारी बन्दै गएको प्रतिकृया इरानले दिएको थियो।

ट्रम्पले गत मेमा इरान र अन्य शक्तिराष्ट्रबीच भएको सन् २०१५को परमाणु कार्यक्रम अश्विाकार गर्ने निर्णयपछि इरानले अमेरिकाबाट विभिन्न चेतावनीको सामना गर्दै आएको छ।

प्रकाशित: ८ श्रावण २०७५ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App