coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

काठमाडौं– मंगलबारको शेयर कारोबार सुरु भएदेखि निरन्तर बढेर नेप्से परिसूचक १२ सय १३ सम्म पुगेकोमा कारोबारको मध्य समयतिर पुनः ओर्लिदा ११ सय ९९ मा पुगेर बन्द भएकोे छ। दिउँसो १ः४५ सम्म निरन्तर बढिरहेको थियो। तर त्यसको २० मिनेटसम्ममा परिसूचक करिब १२ अंकले घटेको थियो। समग्रमा भने नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढ्यो।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ३६ अंकले बढेको छ। कुल १६० कम्पनीका ११ लाख ८९ हजार ६८९ कित्ता शेयर खरिद बिक्री हुँदा २९ करोड ४१ लाख ८२ हजार रुपैयाँको कारोबार भयो।

अधिकांश समूहगत परिसूचक पनि मंगलबार सकारात्मक रहे। उत्पादनमूलक र लघुवित्त समूह भने ऋणात्मक रहे। सबैभन्दा धेरै होटल समूहको सूचक ४९ दशमलब ४२ अंकले बढेको छ भने जीवन बिमा समूहमा २० अंकको बृद्धि भयो। उत्पादनमूलक समूहको सूचक १९ दशमलब ७४ अंकले घटेको छ।

आजको कारोबारमा नबिल बैंकको मात्र १ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो। नेपाल टेकिमको १ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

प्रकाशित: ८ श्रावण २०७५ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App