हामी हनिमुन मनाउन होइन काम गर्न आएका हौं : प्रम ओली

मङ्गलबार, ०८ साउन २०७५, १५ : १९ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए।

“हामी हनिमुन मनाउन आएका होइनौं। काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने, “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरूलाई थाहा हुनपर्याे चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ। जसरी हामीले काँग्रेसलाई अपदस्थ गर्यौं।”

ओलीले कम्युनिष्टहरूको सरकार आएको मन नपराउनेहरू अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए। “उनीहरूलाई खटपट भएको छ, जसको टाउकोको मूल्य तोकियो उही व्यक्ति शासनमा छ अहिले। जसलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छ अहिले” उनले भने, “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो। त्यस कारण यस्ता षडयन्त्रबाट डराउनुपर्ने केही छैन।”

ओलीले काँँग्रेसलाई प्रश्न गरेका छन्, “काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन?कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ। कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ।” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्युष्टि पार्टीले गर्ने ओलीले बताए। 
उनले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताए। “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” उनले भने, “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ।”

सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै उनले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भीर भएको बताए। 

“सरकारले राम्रा काम गरेको छ, रेल ल्याउने कुरा गरेको छ, मेलम्चीको पानी चाँडै काठमाडौं आउदैछ” उनले भने “अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ। यो स्थायी सरकार हो। पाँच महिनामानै आतिनुपर्ने केही छैन।” 

 





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad