७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेमीसँग मिलेर पतिको हत्या

टीकापुर – कैलालीकाे भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन्।

प्रहरीका अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

‘प्रारम्भिक अनुसन्धानले यस्तो देखाएको छ’ इलाका प्रहरी कार्यालय भजनीका प्रमुख राजेन्द्रबहादुर चन्दले भने–‘हामी घटनाको अनुसन्धानको क्रममा छौं ।’ प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक राजी साउन ४ गते हराएका थिए । उनको शव घर नजिकैको जंगलमा खाल्डोभित्र फेला परेको हाे । शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको प्रहरीले बताएको हो । मृतकका आफन्तले निर्मला र दिलिपबीच लामो समयदेखी प्रेम सम्बन्ध रहेको बताएका छन्।

प्रकाशित: ८ श्रावण २०७५ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App