coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सगुनको मिनी आईपीओमा लगानीको अवसर साउन १० सम्म

वासिङ्टन डीसी – सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० सम्म रहने भएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय अनुसार जुलाई २६ अर्थात साउन १० को मध्यरातसम्ममा आवेदन दिन पाउने छन्।

यहि अवधिमा लगानीकर्तालाई बोनस शेयर उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ। मिनी आइपिओमा लगानी गर्ने समय सकिनै लाग्दा सगुनले अन्तिम ५ दिनका लागि यो घोषणा गरेको हो। मिनी आइपिओमा १० हजार डलर लगानी गर्नेलाई १ हजार डलर र २० हजार डलर लगानी गर्नेलाई २ हजार ५ सय डलर बोनस शेयर दिने सगुन घोषणा गरेको हो ।

सगुनका तर्फबाट सन् २०१७ को जुलाई अन्तिमबाट सानो स्तरमा प्रारम्भिक शेयरमा लगानी गर्ने अवसर प्रदान गरिएको थियो। त्यसवेला प्रति कित्ता २३ डलरमा कम्तीमा १ हजार डलर लगानी गर्नुपर्थ्यो। त्यसयता सगुनले विश्वभरका ३ हजार ५ सय भन्दा बढी लगानीकर्ताबाट करीब ५० लाख डलर उठाएको छ। सगुनले ४५ लाख डलरभन्दा बढी लगानी निजी तवरबाट उठाएको छ।

‘हामीले विगत एक वर्षमा लगानीकर्ता तथा साझेदारहरु पाएको सहयोगको लागि एकदमै कृतज्ञ छौं’, सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, ‘हामीले ५० लाख डलरभन्दा बढी रकम उठाएका छौं जसले हामीलाई एन्ड्रोइड एप सुरु गर्न तथा हाम्रो प्लेटफर्मका अन्य मुख्य सुविधाहरु बढाउने काम जारी राख्नको लागि सहयोग गर्नेछ।’ उनले आफुहरु आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने काममा निरन्तर लागि रहेको बताए। संसारभर सुविधाबाट धेरै लाभ नपाएकाहरुलाई उपयुक्त सामाजिक अनुभव प्रदान गर्ने आफुहरुको उद्देश्य हासिल गर्न सफल हुने विश्वास लिइएको उनले बताए।

सगुनले आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने कामलाई निरन्तर जारी राख्नेछ र तिनीहरुलाई सन् २०१८ को अन्त्यसम्म जारी गर्ने लक्ष्य लिएको छ। सगुनको सोसल कार्डले सगुनका प्रयोगकर्ताहरुलाई सामान किन्दा पैसा कमाउने, कुपनसँग सामान साँट्ने, तथा आफ्ना प्रियजनहरुलाई उपहार दिन सक्ने सेवा उपलव्ध गराउनेछ। इ–कमर्सको अर्बौ अमेरिकी डलरको बजारमा सोसल स्मार्ट कार्ड तथा आईओएस् एपले कायापलट नै गर्नेछ आफुहरुले विश्वास लिएको गिरीले बताए।

कम्पनीले यस वर्ष मात्रै नयाँ दिल्लीमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेको छ। वेबमा तथा मोबाइलमा आधारित गरी सगुनमा हाल २६ लाखभन्दा बढी प्रयोगकर्ता छन्।

प्रकाशित: ८ श्रावण २०७५ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App