६ वैशाख २०८१ बिहीबार
समाज

सिलिचोङ गाउँपालिकाको ताम्कुमा बाघ आतंक

फाइल फाेटाे

संखुवासभा – सिलिचोङ गाउँपालिका ३ ताम्कुमा बाघको आतंक बढेको छ। गाउँको याचम्खा र लकुवामा बाघले दिनहुँ जसो बाख्रा र बङ्गुर खान थालेपछि बाघको आतंक बढेको हो।

गतअसार २७ गतेदेखि हालसम्म ७ वटा बाख्रा र दुईवटा बङ्गुर बाघले खाएको याचम्खाका हरिकुमार कुलुङले बताए। गोठमा बाँधेर राखेको अरु बाख्रालाई टोकेर घाइते बनाउँने र एउटा लिएर जाने मनबहादुर कुलुङले बताए। बाघले घाइते बनाएर छोडेकाहरु पनि बाँच्ने अवस्था नभएको उनको भनाई छ।

यता मकालु वरुण राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सञ्जिव गुप्ताले बाघले पुराएको क्षती सरकारले व्यहोर्ने बताए। घरपालुवा जनावरमा पुगेको क्षतीको प्रमाण सहित निकुञ्ज कार्यालयमा निवेदन पेश गरे पशुपालकहरुले क्षतीपुर्ती पाउने गुप्ताले बताए। उन्नतजातको पशुभए सोही अनुसारको र अन्यजातको पशु भए दशहजार रुपैयाँसम्म क्षतीपुर्ती पशुपालकले पाउने उनले बताए। अधिकृत गुप्ताले जंगल गएको बेला एक्लै नजाने, जंगली जनावरलाई असहज गराउने जस्ता कृयाकलाप नगर्न समेत सुझाव दिए।

प्रकाशित: ८ श्रावण २०७५ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App