८ वैशाख २०८१ शनिबार
खेल

समर्थकलाई निराश नहुन आग्रह

लन्डन – प्रि–सिजनका लागि अमेरिका भ्रमणमा रहेको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । तर प्रशिक्षक जोजे माउरिन्होले भने विश्वकपका कारण पहिलो रोजाइका अधिकांश खेलाडी विश्राममा रहेकाले टोलीको प्रदर्शनबाट निराश नभएको बताएका छन्।

युनाइटेड आइतबार क्लब अमेरिकानोसँग १–१ को बरारबरीमा रोकिएको थियो । माउरिन्होले आफूले प्रिमियर लिगमा प्रि–सिजनमा उतारेको जस्तो पहिलो रोजाइका खेलाडी नउतार्ने भन्दै निराश नहुन समर्थकलाई आग्रह समेत गरे।

‘प्रि–सिजन अभ्यासको अझै एक खेल बाँकी छ । हामी अहिले पूर्ण टोली छैनाैं । अहिले टोलीमा पहिलो रोजाइका खेलाडीभन्दा पनि युवा खेलाडीको बाहुल्य छ,’ माउरिन्होले भने, ‘कोही पहिलो रोजाइका छन् त कोही यु–२३ र यु–१८ का खेलाडी छन् । आशा छ आगामी अभ्यास खेलमा हामीले थप सुधारिएको प्रदर्शन गर्छौं।’

युनाइटेडले प्रि–सिजनमा एसी मिलान, लिभरपुल र रियाल मड्रिडसँग खेल्नेछ भने प्रि–सिजनको अन्तिम खेलमा अगस्ट ५ मा बायर्न म्युनिखको सामना गर्नेछ।

 

प्रकाशित: ८ श्रावण २०७५ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App