७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा ४.८ रेक्टरको पराकम्प

काठमाडौँ - धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ।

बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रेक्टरको परकम्प भएको थियो ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ वटा परकम्प गइसकेका छन्।    (रासस)

प्रकाशित: ८ श्रावण २०७५ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App