१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

परमाणु परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

तस्बिर : एजेन्सी

प्याेङयाङ - उत्तर कोरियाले महत्पूर्ण परमाणु परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ।

 परमाणु परीक्षणस्थल नष्ट गर्नै  काम सुरू गरेकाे अमेरिकाले  स्याटेलाइट तस्बिरहरूबाट देखेकाे बताएकाे छ।

गत  जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सहमतिअनुसार उत्तरले यस्ताे गरेकाे हाे ।

ट्रम्प र किमबीच सिंगापुरमा भएकाे एेतिहासिक भेटवार्तामा कोरियाली प्रायद्विपलाई पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

विगत नौ महिना यता उत्तर कोरियाले कुनै पनि परमाणु परीक्षण नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकको सम्बन्ध सुधारबाट आफु निकै खुशी भएको बताएका छन् ।

प्रकाशित: ८ श्रावण २०७५ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App