coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयको चेकपोस्ट । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज - नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले आठ अर्ब ३६ करोड ६४ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १० अर्ब २७ करोड २२ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको हो । राजस्वको लक्ष्य र प्रगतिको अन्तर एक अर्ब ८९ करोड ५७ लाख ८४ हजार रूपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्ष ०७३-७४ मा कार्यालयले लक्ष्यभन्दा दुई अर्ब १९ लाख ४६ हजार रूपैयाँ संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा पाँच अर्ब २० करोड ५३ लाख ८७ हजार लक्ष्य लिएकोमा सात अर्ब २० करोड ७३ लाख ३३ हजार रुपैयाँ संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन अर्ब ६४ करोड ९० लाख तीन हजार रूपैयाँ राजस्व संकलन भएको देखिन्छ।

कार्यालयले आव ०७४÷७५ मा भन्सार महसुल तीन अर्ब ९० करोड तीन लाख ८८ हजार संकलन गर्ने लक्ष्य लिएकोमा चार अर्ब ९७ करोड ६४ लाख ३८ हजार रूपैयाँ संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि कर तीन अर्ब ३२ करोड ७३ लाख १७ हजार संकलन गर्ने लक्ष्य लिएको कार्यालयले चार अर्ब ६५ करोड ९७ लाख ९७ हजार रूपैयाँ संकलन गरेको छ । त्यस्तै अन्तःशुल्क एक अर्ब १४ करोड ८७ लाख १४ हजार संकलन गर्ने लक्ष्य लिएकोमा १८ करोड ३२ लाख ९३ हजार रूपैयाँ मात्र संकलन भएको छ ।कार्यालयले अन्य शिर्षकबाट ४५ करोड २७ लाख आठ हजार संकलन गरेको छ । उक्त आवमा सबैभन्दा बढी जेठ महिनामा ७५ करोड ३८ लाख ८१ हजार संकलन गर्ने लक्ष्य लिएकामा एक अर्ब २८ करोड १२ लाख ८१ हजार संकलन भएको छ ।

‘खुल्ला सिमाना भएका कारण शतप्रतिशत राजस्व चुहावटलाई नियन्त्रण गर्न सकेका छैनौं, तथापी लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएकोमा सन्तुष्ट नै छौं ।’

कार्यालयले असार महिनामा एक अर्ब १२ करोड ७० लाख ९८ हजार वैशाख महिनामा एक अर्ब नौ करोड ५६ लाख ४६ हजार, चैत महिनामा ८६ करोड ३३ हजार, फागुनमा ८६ करोड नौ लाख आठ हजार, माघमा ८३ करोड २४ लाख ९६ हजार, पुसमा ८५ करोड आठ लाख ५३ हजार, मंसिरमा ७७ करोड ७१ लाख, कात्तिकमा ६५ करोड ५७ लाख २८ हजार, असोजमा ७३ करोड ८८ लाख ७२ हजार, भदौमा ७० करोड २७ लाख १६ हजार र साउनमा ४८ करोड ९५ लाख ६ हजार रूपैयाँ संकलन गरेको छ । कार्यालयले नाकाबाट सामान आयात र निर्यातबापत राजस्व संकलन गर्ने गरेको छ । भारतबाट विशेषगरी डिजेल, पेट्रोल, एलपी ग्याँस, क्लिंकर, सिमेन्ट, चामल, चिनी, फलफूल लगायत सामान आयात हुन्छन् । त्यस्तै नेपालबाट जडीबुटी, रोजिन, खयर कत्था लगायत सामान बढी मात्रामा निर्यात हुन्छ।

कार्यालयका निमित्त प्रमुख माधवप्रसाद आचार्यले खुला सीमाका कारण राजस्व चुहावटलाई शतप्रतिशत नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । ‘खुल्ला सिमाना भएका कारण शतप्रतिशत राजस्व चुहावटलाई नियन्त्रण गर्न सकेका छैनौं, तथापी लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएकामा सन्तुष्ट छौं,’ उनले भने । भन्सार ऐनमा भएको व्यवस्था अनुसार एक सय रूपैयाँसम्मको सामानको भन्सार नलिने व्यवस्था भए पनि नेपालगन्ज भन्सार कार्यालयबाट एक हजार रूपैयाँभन्दा बढी मूल्यको मालसामान भारतबाट भन्सार नतिरेरै निर्वाध रुपमा भित्रिने गरेको पाइन्छ।

‘कसैले एक सय रूपैयाँ पर्ने सामानको भन्सार गराउन आउँछ भने हामी भन्सार शुल्क लिन्छौं,’ आचार्यले भने । राजस्व संकलनका लागि गरिने लक्ष्य बाँडफाँट वैज्ञानिक नभएको उनको जिकिर छ । विभागले दिएको लक्ष्य अनुसार कार्यालयले बर्सेनि राजस्व संकलनमा प्रगति गरेको निमित्त प्रमुख आचार्यले जोड दिए ।

 

प्रकाशित: ८ श्रावण २०७५ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App