काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रतनलाल केडियाले शपथ ग्रहण लिएका छन् । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसमक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।लामो समयदेखि उद्योग, व्यवसायको क्षेत्रमा क्रियाशील संस्थापक सेयरधनी केडियालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ८ श्रावण २०७५ ००:५९ मंगलबार