८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहारबाट महिला गम्भीर

उदयपुर– उदयपुरमा श्रीमानको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्।  सोमबार साँझ त्रियुगा नगरपालिका ११ गाईघाट संगमटोलकी अर्पण पराजुली श्रीमान् सुवास पराजुलीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी हुन्। 

घरायसी विवादमा ४६ वर्षीय सुवासको खुकुरी प्रहारबाट ४२ वर्षीया अर्पणको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले सुवासलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। 

१० वर्षदेखि कोरियामा वैदेशिक रोजगारी गर्दै आएका पराजुली केही दिनअघि मात्र नेपाल फर्केका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार पतिको खुकुरी प्रहारबाट गम्भीर घाइते अर्पणाको प्रारम्भिक उपचार जिल्ला अस्पताल उदयपुरमा गरी थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। 

दुई साताअघि मात्र घर फर्केका सुवासले बजारस्थित आफ्नै पसलमा सामान मिलाउँदै गरेका बेला खुकुरी प्रहार गरेको प्रहरी भनाई छ। नेपाल जेसिस उदयपुरकी पूर्व अध्यक्षसमेत रहेकी अर्पणाको अवस्था गम्भीर रहेकाले रेफर गरी विराटनरग पठाएको अस्पतालले जनाएको छ। सुवासलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। 

प्रकाशित: ७ श्रावण २०७५ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App