coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बिहीबार कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ। 

समितिको साेमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका तय भएको जानकारी दिए। जोशीविरुद्ध पाँचवटा उजुरी परेको छ। 

समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि परेको उजुरीको छानबिन गर्ने गरी आवश्यक तयारी गरेको छ। संघीय संसद् सचिवालयले एक सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो। 

त्यसको म्याद आइतबार सकिएको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। रासस

प्रकाशित: ७ श्रावण २०७५ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App