coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शरिफलाई स्वास्थ्य जाँचमा रोक

इस्लामाबाद- पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी परेका छन्। विरामी परेपनि उनलार्इ स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ। उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदले जनाएका छन्।

पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन) ले सोमबार सो जानकारी दिएको छ। 

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ। सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन्। यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो। 

शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो। इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो। उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ। पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ। 

निर्वाचनको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ। उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन्। उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो। 

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा थिए। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन्। 

प्रकाशित: ७ श्रावण २०७५ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App