७ वैशाख २०८१ शुक्रबार
समाज

गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोट– जाजरकोटमा यात्रुबाहक गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट रिम्नाका लागि यात्रु लिएर हिडेको ना ४ ख ९७२४ नम्बरको गाडीले ठक्कर दिँदा भेरी नगरपालिका १ रावतगाउँका पृथ्वी रावतकी ८ वर्षीया छोरी रोशनी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए। 

उनका अनुसार  भेरी गंगा यातायात प्रालिको उक्त गाडीले मृतक रावतलाई नगरपालिकाको रावतगाउँको सडकमा ठक्कर दिएको थियाे। गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका रावतलाई जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ।

गाडी चालक धर्मराज बुढालाई प्रहरीले नियन्त्रणमा  लिएको  छ। 

प्रकाशित: ७ श्रावण २०७५ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App