७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीका मागलाई सम्बाेधन गर्छाै : प्रवक्ता श्रेष्ठ

गोरखा - नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डाक्टर गोबिन्द केसीको मागलाई सरकारले विना पूर्वाग्रह सम्बाेधन गर्ने बताएका छन्।

पार्टी बैठकमा सहभागी हुन गृहजिल्ला गोरखा आएका उनले पत्रकार भेटघाटमा भने ‘डाक्टर केसीको मागलाई हामी विना पूर्वाग्रह संवोधन गर्छौँ तर यसो भन्दैमा जे भन्यो त्यही गर्ने भन्ने पनि हुँदैन।’ 

डाक्टर केसीलाई प्रयोग गरेर राजनीतिक स्वार्थ पुरा हुन नदिने बताउँदै उनले सरकारलाई अफ्ठ्यारोमा पार्ने चलखेल भईरहेको प्रतिक्रिया दिए । शिक्षा स्वास्थ्यमा देखिएका समस्या समाधान गर्दै कमजोरीलाई सुधार गर्न कसैसँग सम्झौता नगर्ने उनले बताए।

‘सरकारले बर्ता टोली बनाएको छ, माग संवोधन नगर्ने भए किन टोली बनाउँथ्यो, अनसनकै बिचमा पनि बार्ता हुन सक्छ’ श्रेष्ठले भने । जनतालाई गुणस्तरीय र छिटो सहज स्वास्थ्य सेवा दिने सवालमा सरकार केन्द्रित रहेको बताउँदै उनले सबैखाले घटनालाई राजनीतिकरण नगर्न राजनीतिक दल, नागरिक समाजका अगुवाहरुलाई अनुरोध गरे। 

डाक्टर केसीको जिबनरक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित भएको उनले बताए । ‘अब क्रमैसँग बार्ता र छलफलबाट निष्कर्ष निकाल्छौँ ।’

सरकारले डाक्टर केसीको मागलाई बेवास्ता गरेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने ‘बेवास्ता गरेको भए वार्ता टोली किन बनाउँथ्यो ।’

प्रकाशित: ७ श्रावण २०७५ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App