७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोको जाेखिममा खलंगा बजार

जाजरकोट - अविरल वर्षाका कारण जाजरकोट सदरमुकाम खलंगा बजार प्रवेश गर्ने सडक खण्ड अन्तर्गत खहरे खोलामा  पहिरो जान थालेको छ। लगातार जसो पहिरो जान थालेपछि त्यस क्षेत्रको यातायात अधिकांश समय अवरुद्ध हुने गरेको छ।

स्थानीय जनता, सडक निर्माणको जिम्मा लिएका निर्माण व्यावसायी, प्रहरी र नगरपालिकाले सो क्षेत्रमा जति पटक पहिरो हटाएपनि सडक तल र माथिवाट पहिरो जान र आउन रोकिएको छैन। खहरे खोला स्थित सडकमा मात्र होइन  कुसे गाउपालिका, जुम्ला र  वारेकोट गाउपालिकावाट सदरमुकाम खलंगा प्रवेश गर्ने  मार्गको रुपमा रहेको खलंगा पाचकटिया जुम्ला सडकको सानीकोटखोली  र रिसांग क्षेत्रमा पहिरोले सडक अवरुद्ध पार्न थालेको समेत धेरै भैसक्यो। 

पहिरोका कारण  पाँचकटिया हुदै पैंक जाने यातायात सेवा  निरन्तर रुपमा अवरुद्ध भइरहने गरेको छ। दिनहुँ जसो वर्षाका कारण पहिरो जान थालेपछि जाजरकोट सदरमुकाम खलंगा  पहिरोको घेरावन्दीमा पर्न थालेको भन्दै स्थानीय त्रसित समेत वनेका छन्। 

सदरमुकाम खलंगाको पहिरो व्यवस्थापनका लागि  भेरी नगरपालिकाले  करिब ५० लाख वजेट खर्च गरेको बताएको छ भने अन्य निकायले पनि  त्यतिकै मात्रामा रकम खर्चेको पाइएको छ ।  जतिसुकै रकम खर्च गरिएपनि निरन्तररुपमा सडक र वस्तीहरुका विचमा पहिरो जाने क्रम नरोकिएको  भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले वताए । उनले  सडक निर्माणका क्रममा भएको गल्ती र भौगोलिक भिरालोपनका कारण  खलंगा वजारमा पहिरोको जोखिम वढ्दै गएको वताए।  

 

प्रकाशित: ७ श्रावण २०७५ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App