coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कानुन मन्त्रीलाई कारबाही गर्न महिला सांसदको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्। 

सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले नारीको अस्मिता मिच्ने र कानुनको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन्। 

‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाइरहेको छ, अधिनायकवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरु अघि बढाइरहेको छ, पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीहरु के बोल्ने र के नबोल्ने ? भन्नेबारे जानकार छैनन्’, उनले भने।

सरकारकै मन्त्रीहरुले नारीहरुको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिहरको आरोप लगाउँदै उनले थपिन्, ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरुले शरिर सुम्पेरमात्रै मार्कसिट प्राप्त गर्छन भन्नेजस्ता गैर–जिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिहरुको सरकारले कि पुष्टि गर्नुपर्यो, होइन भने जथाभाबी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’

त्यस्तै सांसद लक्ष्मी परियारले सरकारले कानुन मन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिइन्। उनले भनिन्, ‘सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरुले कानून तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिहरको छन्, यो हामीलाई स्वीकार्य छैन, २१ शताब्दीको महिलाका प्रगतिहरुलाई ओझेलमा पार्ने र हेपहा मनस्थितिले आएका गैर–जिम्मेवारपूर्ण अभिव्यक्तिहरुको हामी घोरभत्र्सना र बिरोध गर्दछौं, माफी र मन्त्रीको राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ।’

अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्नेमा जोड दिइन। उनले भनिन्, ‘बंगलादेशमा पढ्न गएका नारीहरुले फेशबुकमा लेखेका छन्, हामी पढ्न आएका हौं, अस्मिता बेच्न आएका होइनौं, दोषीलाई कारबाही होस्, यस्ता शब्दहरुले हामीलाई पोलिरहेको छ, बंगलादेशका प्राध्यापकमाथि र नेपाली चेलीहरुमाथि उठेका प्रश्नहरुको उचित जवाफ सरकारले दिनु्पर्छ, यदि जवाफ दिन नसकेको खण्डमा हाम्रो आन्दोलन उचित उत्तर नपाएसम्म जारी रहनेछ।’ 

प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानून मन्त्री र मेडिकल सञ्चालक प्रसाईलाई कारबाही गर्न माग गरे। 

प्रकाशित: ७ श्रावण २०७५ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App