coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

दाहालको प्रश्न : कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ? (भिडियाे)

पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रम। तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्।

४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लाश माथी राजनीति गर्न चाहेको आरोप लगाए।

उनले नेपाली कांग्रेसले लोकतन्त्रमाथी प्रहार गरेको भन्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई केसीको पुच्छर समाएर अन्त्य गर्न खोजेको हो ?  भनी प्रश्न गरे। कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् भन्दै उनले कांग्रसलाई प्रश्न समेत गरे।

'डा.केसी १५ पटक अनशन बसेका छन्। धेरै पटक लोकतान्त्रिक भनिने कै समयमा अनशन बसे त्यो बेला के हेरेर बसेको', दाहालले प्रश्न गरे।  डा. केसी अनशन बस्ने, वार्ता पनि हुने र सहमति हुने प्रक्रिया पनि चलिरहने उनले बताए।

 

प्रकाशित: ७ श्रावण २०७५ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App