coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भियतनाममा बाढीमा परी २१ जनाको मृत्यु

तस्बिर : एजेन्सी

 हनोई – मध्य र उत्तरी भियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरुले बताएका छन्।

बाढीमा परी कम्तीमा पनि २१ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी आँधीका कारण कैयौं व्यक्ति हराइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । दक्षिण पश्चिमी एसियाली राष्ट्र भियतनाममा मौसमी बर्षा र आँधीमा परी बर्षेनी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ।

भियतनाममा यस वर्षको सुरुदेखि हालसम्म आएको यो तेस्रो पटकको आँधी हो । बुधबारबाट आएको पछिल्लो आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ । भारी वर्षाका कारण राजधानी हनोईसहित देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । जसका कारण उद्धारको काम हुन सकिरहेको छैन । प्राप्त पछिल्लो विवरणअनुसार भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पुर्याएको छ ।

हाल जारी प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौं हेक्टर खेती लगाएको जमीनमा क्षति पुगेको छ । भियतनामका मौसमविद्ले अझै केही दिन भारी वर्षा हुने अनुमान गरेका छन् । गत वर्ष पनि भियतनाममा प्राकृतिक प्रकोपका कारण तीन सय ८९ व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित: ७ श्रावण २०७५ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App