coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ओलम्पिकका मस्कट सार्वजनिक

टोकियो – जापानको टोकियोमा हुने २०२० को ओलम्पिक र पाराओलम्पिकको आधिकारिक मस्कट आइतबार सार्वजनिक गरिएको छ।

ओलम्पिकका लागि सार्वजनिक गरिएको मस्कटको नाम 'मिराइटोवा' राखिएको छ भने पाराओलम्पिकका लागि 'सोमिटी' नाम दिइएको छ।

मिराइटोवा जापानिज शब्दबाट बनेको हो । जसको अर्थ भविष्य र सदाका लागि भन्ने जनाउँदछ । यस्तै सोमिटी भने चेरीको प्रकार ुसोमियोसिनोु बाट लिइएको हो । जुन शब्दको अर्थ शक्तिशाली मानिन्छ।

सार्वजनिक गरिएका दुई मस्कट जापानका स्कुले विद्यार्थीहरूले बनाएकामध्येबाट छनोट गरिएको हो।

'यी मस्कट तिमीहरूका साथी हुन्,' टोकियो २०२० ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले सार्वजनिक कार्यक्रममा भने, 'मस्कट छनोट गर्न तिमीहरूले सहयोग गर्‍यौ, ५० लाख बच्चाहरूले छनोट गर्न सहयोग पुर्‍याएका हुन् भन्ने विश्वास लिएको छु । र नाम पनि हामीले सँगै छनोट गरेका हौं । त्यसैले यो ओलम्पिक सबैका लागि हो ।'

पारदर्शिता र स्कुले विद्यार्थीहरूको उत्साहका लागि विद्यार्थीहरूको सहभागितालाई लिइएको हो।

दुई फरक शब्दहरूको संयोजनले परम्परा र नवीनतालाई जोड्ने आयोजकले जनाएको छ। टोकियो ओलम्पिक २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुँदै छ।

'मेरो विचारमा योग्य नाम छनोट गरिएको छ । यो नाम टोकियोका लागि मात्र नभई जापानसँगै ओलम्पिक र पाराओलम्किका लागि पनि योग्य छ,' टोकियोकी गभर्नर युरिको कोइकीले बताइन् .

 

प्रकाशित: ७ श्रावण २०७५ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App