७ वैशाख २०८१ शुक्रबार
खेल

एसियाली खेलकुद हुने रंगशाला तोडफोड

पालेम्बाङ – इन्डोनेसियाका आक्रोशित फुटबल समर्थकले अर्काे महिना एसियाली खेलकुद खेलाउने तयारीमा रहेको गेलोरा श्रीविजया रंगशालामा तोडफोड गरेको इन्डोनेसियाका अधिकारीहरूले जनाएका छन्।

शनिबार घरेलु लिगअन्तर्गत श्रीविजया एफसी र अरिमा एफसीबीचको खेल चलिरहँदा आक्रोशित श्रीविजया एफसीका समर्थकले प्याराफिटमा रहेका प्लास्टिकका सिटहरू मैदानमा फालेका थिए। अरिमा एफसीले ३–० ले अग्रता लिएपछि निराश बनेका श्रीविजया एफसीका समर्थक आक्रोशित भएका थिए।

'हामी समर्थकको व्यवहारका कारण निकै निराश छाैं। उनीहरूले गेलोरा श्रीविजया रंगशालाको प्याराफिटमा तोडफोड गर्दै त्यहाका सिट मैदानमा फालेका छन्,' रंगशालाका सुपरभारइजर रुस्ली नावीले भने, 'म यहाँ विगत १० वर्षदेखि काम गर्दै आएको छु । तर शनिबारको जस्तो घटना र क्षति यहाँ कहिल्यै भएको थिएन।'अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म राजधानी जाकार्ता र पालेबाङमा हुने एसियाली खेलकुदका लागि गेलोरा श्रीविजया रंगशाला पनि मर्मत गरिएको थियो।

इन्डोनेसियाली सरकारले प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना तथा सडक निर्माणको कार्य तीव्र पारिरहेको छ।नावीका अनुसार रंगशालाका ३ सय ३५ सिट पूर्णरूपमा क्षति भएका छन् । तर घटनामा कोही घाइते भने भएन्न् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

ओलम्पिकपछिको विश्वकै सबैभन्दा ठूलो खेल मेलाका रूपमा हेरिएको एसियाली खेलकुदमा एसियाका ४५ राष्ट्रका करिब ११ हजार खेलाडी र ५ हजार पदाधिकारी इन्डोनेसियामा भेला हुनेछन्।

 

प्रकाशित: ७ श्रावण २०७५ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App