४ वैशाख २०८१ मंगलबार
खेल

महिला लिग सोमबारबाट

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारबाट उपराष्ट्रपति राष्ट्रिय महिला लिग शुरु हुँदैछ । सोमबार हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब गरी तीन विभागीय टोलीका साथै काठमाडौ जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघ गरी कुल ५ टोलीको सहभागिता रहनेछ । १५ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालयको रंगशालामा हुनेछन् । एन्फाले सहभागी टोलीलाई तयारीका लागि ५० हजार रुपैयाँ दिएको थियो।

राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले नगद २५ हजार रुपैयाँ हात पार्नेछ भने विधागत उत्कृष्ट खेलाडीले नगद १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ७ श्रावण २०७५ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App