८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीको समर्थनमा कैलालीदेखि अनशनमा

काठमाडौं - डाक्टर के.सी को सत्यग्रहको समर्थनमा बसन्तपुर डबलमा सामूहिक सत्यग्रह जारी छ। अधिकांश युवाले भरिएको सत्यग्रहमा एक जना वृद्ध दम्पतिसमेत छन्। सो दम्पती कैलाली गोदावरी नगरपालिका वार्ड नम्बर ९ स्थायी घर भएका ८५ वर्षका कृष्णदत्त जोशी र श्रीमती ७५ वर्षीया सुनमतीदेवी जोशी ७५ समेत सरिक छन्। अनशनको २३ औं दिनको सामूहिक सत्यग्रहमा मात्रै होइन यो वृद्ध दम्पत्ती केसीको समर्थनको आन्दोलनमा सरिक भएको दश दिन भइसकेको छ।

गाउँमा किसान गरेर जीवन गुजारिरहेका जोशी दम्पत्ती डाक्टर केसी १५ औं अनसनमा वसन्तपुरको घाम र पानी नभनि निरन्तर साथ छन्। ‘गोविन्द केसी हाम्रा लागि अनसन बसेका हुन् र हामीलाई साथ दिएका छन् र हामी उनलाई साथ दिन्छौं,’ श्रीमती जोशी बताउँछिन्, ‘हामी उनका लागि ज्यान दिन तयार छौं र जसरी उनी पनि हाम्रो लागि तयार छन्। उनको केही छैन। उनीसँग सबैथोक भएर पनि उनलाई केहीको कमी छैन र आज जनताको लागि उनी अनसन बसेका छन्।’

‘हामी यहाँ डक्टर केसी को आन्दोलनमा आफ्नो स्वेच्छाले आएका हौं र उनको विचारले र उनलाई सारा जनताले मन पराएको कारणले आएका हौं,’ डा. केसीको जस्तो सरल र अर्काको चिन्ता लिने मान्छे अर्को नजन्मिने जोशी बताउँछिन्, ‘न्याय निसाफ छैन, देशमा भ्रष्टाचार छ र गरिबहरूको दिनानुदिन संख्या बढ्दो छ।’ न्याय मरेको देश खोज्नु परे नेपाल हेरे पुग्ने बताउँदै उनी डा. केसी आपूmलाई सुकाएर नेपाली जनतालाई फुलाउन लागेको बताउँछिन्। डा. केसीको आन्दोलनमा कसरी आइपुग्नु भयो भन्दा उनी भन्छिन्, ‘म सधैं रेडियो सुन्छु। रेडियोमा डाक्टर केसीको आन्दोलन १५ औं अनसन जुम्लाबाट सुरु भनेर सुन्नेबित्तिकै झोला बोकेर काठमाडौं आएका हौं।’

जोशीका ३ छोरा १ छोरी छन्। ‘ यो देशमा न्याय भएन। हामी जनता लागेर केसीलाई न्याय दिलाउन म आज कैलालीदेखि आएका हौं,’ कृष्णदत्त जोशी भन्छन्, ‘न्याय जब हराउँछ जनता आफैं जाग्छन्। यो सत्याग्रह भनेको हराउँदै गएको संकेत हो।’ उनी सरकारले भ्रष्टाचारको बीऊ छरिरहेको बताउँछन्। ‘आज केसी मात्रै एक्लै छैनन् मजस्ता कैयौं कैलालीबासीको साथ र समर्थन छ। आज डा. केसीलाई मैले बोकेको कागज आज केसीको लागि मात्रै होइन यो त नेपालको सबै गरिबीको लागि हो।’

डा. केसीले केही स्वार्थ नराखी बिरामीलाई उपचार गराउँदै सिंत्तैमा औषधि दिने गरेका स्मरण गराउँदै उनले आफूहरुले सधैं डा. केसीलाई साथ र सहयोग दिने बताउँछन्। जोशी भन्छन, ‘सरकारभन्दा केसी बलिया भएका छन।’ सरकारले न्याय दिन नसके पनि जनताले केसीलाई न्याय दिन्छन् भन्ने लागेको छ त्यही भएर हामी बुढाबुढी आज वसन्तपुरमा आएका हौं।’

‘चाँडोभन्दा चाँडो सरकारले डाक्टर केसीको माग पूरा गरेर आन्दोलन अन्त्य गरेर केसीको जीवनको रक्षा गरोस,’ जोशी भन्छन्, ‘ढिलोचाँडो केसीले न्याय पाउँछन्।’ (अतिन आचार्य/प्रशिक्षार्थी)

प्रकाशित: ७ श्रावण २०७५ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App