७ वैशाख २०८१ शुक्रबार
अर्थ

महालक्ष्मीका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक विजय रिमाल सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहक वर्गले नेपाल मेडिसिटीमा उपचार गराउँदा उपचार शुल्कमा सात प्रतिशत छुट पाउने छन् । बैंकका कर्मचारी र कर्मचारीका परिवारले १० छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

देशका विभिन्न भागमा खुलेका ७३ शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मीका ग्राहक चार लाख ४० हजार छन् । उनीहरु सबैले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । छुटका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिनुपर्ने बैंकले जनाएको छ । बैंकले आगामी दिनमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रकाशित: ७ श्रावण २०७५ ००:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App