२० हजार कर्मचारी अभाव

सोमबार, ०७ साउन २०७५, ०६ : २४ भुवन शर्मा

काठमाडौं - प्रदेश, स्थानीय र संघीय सरकार चलाउन हाल कार्यरत कर्मचारीको संख्या अपुग हुने भएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले थप बीस हजार कर्मचारी आवश्यक पर्ने जनाएको छ। सरकारले प्रदेश र संघमा व्यवस्थापन तथा सर्वेक्षण (ओएनएम) सर्भे सिध्याएको छ। सोअनुसार संघमा करिब ४५ हजार र प्रदेशमा करिब १६ हजार कर्मचारी आवश्यक पर्ने जनाइएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले हाल कार्यरत कर्मचारी संख्याले प्रदेश, स्थानीय र संघमा नपुग्ने बताए। उनले भने, ‘ओएनएम रिर्पोटअनुसार थप २० हजार कर्मचारी आवश्यक पर्छ। हाल भएको कर्मचारीको संख्याले नपुग्ने भएको छ।’

यसअघि गरिएको प्रारम्भिक अनुमानमा हाल भएको कर्मचारीको संख्याले स्थानीय, प्रदेश र केन्द्रमा पर्याप्त हुने अनुमान गरिएको थियो। हाल देशभर स्वास्थ्य सेवामा कार्यरत कर्मचारीसहित करिब १ लाख १७ हजार निजामती कर्मचारी कार्यरत छन्। मुलुक संघीय संरचनामा गएपछि सुरूमा सिंहदरबारका केही विभाग र शाखा हटाउन खोजिएको थियो भने केही शाखा र विभाग मर्ज गर्ने तयारी भएको थियो। तर ओएनएमको अन्तिम रिर्पोटमा भने संघमा रहने शाखा र विभाग एकदुई बाहेक कटौती भएनन्। यसबाट केन्द्रमा कर्मचारीको संख्या बढेको मन्त्रालयको भनाइ छ। हाल केन्द्रमा ५३ विभाग कायम गरिएका छन्। यसैगरी केन्द्रबाट प्रदेशमा पठाउन खोजिएका केही कार्यालय केन्द्रमै रहने भएपछि केन्द्रमा कर्मचारीको संख्या बढेको हो।

यसअघि, संघमा र केन्द्रमा गरिएको प्रारम्भिक अनुमानमा हरेक प्रदेशमा ३ हजारका दरले २१ हजार कर्मचारी रहने आँकलन गरिएको थियो। तर अब प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहने छन्। स्थानीय तहमा भने ५७ हजार ७ सय ६६ कर्मचारी रहने मन्त्रालयको भनाइ छ। यो अन्तरिम व्यबस्था हो। संघ, प्रदेश र स्थानीय गरी १ लाख २१ हजार भन्दा बढी कर्मचारी आवश्यक पर्ने मन्त्रालयको भनाइ छ। ओएनएम सर्भेमा संवैधानिक आयोग, अदालत, संघीय संसद् गरी ९ हजार ४ सय १४, मन्त्रालय र विभागमा ७ हजार ३ सय १५, केन्द्रीय स्तरका आयोजनामा ९ हजार, ७ सय ३९ तथा मन्त्रालयअन्तर्गतका निकायमा २८ हजार ७ सय ६१ गरी संघमा ४५ हजार ८ सय १५ कर्मचारी आवश्यक पर्ने ओएनएम सर्भेमा जनाइएको छ। स्थानीय तहमा अझै तत्काल करिब १८ हजार कर्मचारी आवस्यक रहेको मन्त्रालयले जनाएको छ।

साउन १५ बाट स्थायी समायोजन प्रक्रिया सुरू

सरकारले आगामी साउन १५ बाट कर्मचारीको स्थायी समायोजनको प्रक्रिया शुरू गरिने जनाएको छ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले साउन १५ वरिपरि मन्त्रालयले सार्वजनिक सूचना निकालेर स्थायी समायोजनको प्रक्रिया अघि बढाउने तयारी भएको बताए। कर्मचारी समायोजन ऐन २०७४ अनुसार समायोजन प्रक्रिया अघि बढाइने उनको भनाइ छ। अधिकारीले भने, ‘स्थानीय, प्रदेश र संघमा स्थायीरूपमै कर्मचारीको समायोजन गर्न साउन १५ वरिपरिबाट प्रक्रिया सुरू हुन्छ।’ कर्मचारीको चाहना, जेष्ठता, घरपायक जस्ता कुरालाई समायोजनमा प्राथमिकतामा राख्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘प्रदेश र संघमा ओएनएम सर्भे रिर्पोट पूरा नभएकोले यसअघि समायोजनको काम अघि बढेको थिएन। अब संघ र प्रदेशमा ओएनएम सर्भे रिर्पोट आएको छ। त्यसैले अब स्थायी समायोजन प्रक्रिया सुरू हुन्छ।’ हाल सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा पठाएका कर्मचारी अन्तरिक व्यवस्थापनका लागि हो। समायोजनपछि स्थायी रूपमै प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने तयारी सरकारले गरेको छ। मन्त्रालयले सुरूमा सुचना निकाली समायोजन हुन चाहने कर्मचारीलाई आह्वान गर्नेछ। त्यसका लागि निश्चित समय दिने तयारी मन्त्रालयले गरेको छ। त्यसपछि समोजनको अन्य प्रक्रिया सुरू गरिने मन्त्रालयले जनाएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...