सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

आइतबार, ०६ साउन २०७५, २१ : ५८ नागरिक

काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा साेमबार राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दैछन्।

नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय मञ्च र अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलगायत मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्ने उद्देश्यले उनी पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियमको भ्रमणमा जान लागेका हुन्।

ब्रसेल्स, पेरिस, लण्डन, बर्लिन, जिनेभा र भियनामा रहेका नेपाली राजदूत एवं स्थायी प्रतिनिधिलाई ब्रसेल्समा भेला गरेर नेपालको राष्ट्रिय स्वार्थ र हित प्रवर्धन गर्दै आर्थिक एवं विकास कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मन्त्री ज्ञवालीले निर्देशन दिने कार्यक्रम छ। 

युरोपेली संघ र युरोपका महत्वपूर्ण देशसँग दुई पक्षीय सम्बन्ध विस्तार गर्न तथा संघअन्तर्गतका संरचनालाई नेपालको वस्तुस्थिति अवगत गराउन तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका परियोजनामा सहायता जुटाउनेतर्फ पनि आफ्नो भ्रमण केन्द्रित रहने उनले बताए। 

पारस्परिक सम्बन्ध विस्तारबारे पोर्चुगल र लग्जेम्बर्ग सरकारसँग छलफल गर्ने जानकारी दिँदै उनले बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडेर रेयानडेर्स र पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्टोस सिल्भासँग बेग्लाबेग्ले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए। रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad