coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाग्मतीमा पौडी खेल्न गएका दुई युवक वेपत्ता

रौतहट– बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई युवक वेपत्ता भएका छन्।

आइतबार दिउँसो अत्यधिक गर्मीपछि चन्द्रपुर १ स्थित नुनथरको महादेव मन्दिरनजिकै बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीको लालबन्दी नगरपालिका १७ का २२ वर्षीय सञ्जय बस्नेत र २२ वर्षीय राजेश ब्लोन बाढीले बगाएर वेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। वेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ। 

नदीमा ठूलो बाढी आएको र रात परिसकेकोले हराइरहेका युवाहरुको खोजी कार्यमा कठिनाइ भइरहेको डिएसपी शान्तिराज कोइरालाले बताए। बाढीले बगाएर तल लगेको हुनसक्ने आशंकामा बागमती नदीको दुवै किनारमा रहेको सर्लाही र रौतहट दुवैतिरका प्रहरी युनिटलाई परिचालन गरिएको छ। 

प्रकाशित: ६ श्रावण २०७५ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App