७ वैशाख २०८१ शुक्रबार
समाज

केटाकेटीले लाइटर खेलाउँदा घर जल्यो

खोटाङ– केटाकेटीले खेलाएको लाइटरबाट सल्किएको आगोले घर जल्दा खोटाङमा अनुमानित २० लाखको क्षती भएको छ। घरमा जेष्ठ सदस्य नभएको बेला केटाकेटीले लाइटर खेलाउँदा सल्किएको आगोले जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका मित्रलाल कोइरालाको घर जलेको हो।

आगलागीमा कोइरालाको नगद ६० हजार, अढाई तोला सुन, अन्नपात, लत्ताकपडा, भाडाबर्तन, चिरानी काठसहित अन्दाजी २० लाखभन्दा बढि क्षती भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय चिसापानीबाट १ घण्टा २० मिनेट पश्चिमतर्फ पर्ने कोइरालाको घरमा लागेको आगो प्रहरी र स्थानीयले निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीमा मानवीय तथा चौपाय क्षति भएको छैन्।  

प्रकाशित: ६ श्रावण २०७५ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App