coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाैडी खेल्न गएका दुर्इ युवक बेपत्ता, एककाे उद्धार

सर्लाही - गर्मी छल्न बागमती नदीमा पौडी खेल्न पसेका २ युवक बेपत्ता भएका छन् भने १ जनाको उद्धार गरिएको छ । 
पौडी खेल्न बागमतीमा पसेका लालबन्दी नगरपालिका–१७ रानिगंज निवासी २२ बर्षीय संजय बस्नेत र २२ बर्षकै राजेश ब्लोन बेपत्ता भएका हुन् । यस्तै सोही स्थानका २२ बर्षीय राम श्रेष्ठको भने स्थानीयले उद्धार गरेका छन्। 

बागमती नगरपालिका–११ बुद्धशान्ति तपोबनको फेदी बागमती खोलामा आईतबार साँझ साँढे ५ बजे पौडी खेल्न पसेका उनीहरु खोलामा डुबेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। खोलामा पसेका ३ जना नै डुबेको देखेपछि स्थानीयले एकजनाको भने उद्धार गर्न सफल भएका थिए । २ जना भने बेपत्ता भएको स्थानीयले बताएका छन् । बेपत्ता २ युवकको खोजी भैरहेको ईलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ।
 

प्रकाशित: ६ श्रावण २०७५ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App